Friday, November 5, 2010
शुभकामना ।
नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
Saturday, August 28, 2010
गजल
जिन्दगीमा नसोचेको आपत्-बिपद आइ पर्यो । ।
धन कमाई सपनाहरु पुरा गर्ने लक्ष्यहरु कयौ
लक्ष्य पुरा गर्न खोज्दा बज्रसरी चोट पर्यो । ।
आफ्नो मान्छे आफ्नो हुन्छ भन्ने सोची काम गर्दा
झुटा लान्छना पहिराउने खै के कसुर खास पर्यो । ।
संघर्षशिल जिन्दगीका चुनौती हरु स्वीकार गर्दा
झुट्को खेती गरि-गरी सकेसम्म गर्नु गर्यो । ।
हरेक समस्या सँग जुधी आफ्नो लक्ष्य हावी हुँदा
दुःख सँगको बाजी जिती सुखमय आभास पर्यो । ।
दुःख पीडा दर्द मात्रै जिन्दगीमा आइ पर्दा
रतिपनी अबिचलित भै 'बिनोद' ले पार तर्यो । ।
नोट्: लामो समयको अन्तरालमा मेरो यो सानो निम्न बर्गिय गजल प्रकाशन गरेको छु कृपया उचित मुल्याँकन सहित सुझाबको अपेक्षा गर्दछु ।
Friday, March 5, 2010
'क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा
सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ । त्यस्तै विदेशमा रहँदा हुने आफ्नोपनको अभाव र पीडालाई गीतका थुँगामा उनेर हुदय छुने भाव प्रेषण गर्ने काम गीतमा भएको छ ।
Monday, November 30, 2009
हृदयको हर पानामा तिमै चित्र छ प्रिय ।।
भुगोल झैँ घुमिरहने मेरो यो मस्तिष्कमा
तिम्रै अटुट स्मृति अनि तिम्रै चित्र छ प्रिय ।।
तिमी के सम्झन्छौ त्यो मलाई थाहा भएन
तर मेरो माया निर्मल जलसरी पवित्र छ प्रिय ।।
एकपटक शत्रुवत सोच परिवर्तन गरी त हेर
मेरो जस्तै संसारमा जताततै मित्रता छ प्रिय ।।
Sunday, November 22, 2009
अन्लाईन मित्रता
Tuesday, November 10, 2009
गजल
कोही भने भाग नपाई,आन्दोलनमा लड्दैछन रे ।।
देशमा शान्ती ल्याउने निहुँमा, रक्तकुन्ड बगेको थ्यो
सबै कुरा बिर्सी अहिले, आन्दोलनमा फस्दैछन रे ।।
देशको सीमा धमाधम,चारैतिर मिचिन्दै छ रे
दिउसै छिमेकी देशका सेना,हाम्रो ईलाकामा पस्दैछन् रे ।।
आफ्नो स्वार्थ सिद्ध गर्न,सोझा जनता उक्साएर
राजनेताहरु निर्धक्क, छाती फुलाई बस्दैछन् रे ।।
गाउँघर चारै तिर दिउसै डाँका पस्दैछन् रे
सोझा-सिधा गाउँलेहरु, भुमरीमा फस्दैछन रे ।।
जता-ततै अशान्तीको, कालो बादल मडा-या देखी-देखी
रक्त पिपासु नेता चुप-चाप, कुर्सी माथि बस्दैछन् रे ।।
बिनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार
Friday, November 6, 2009
जनता
सिकाउनु पर्दैन जनतालाई
कसले के गर्दै छ
भन्नु पर्दैन जनतालाई
आफ्नो अधिकार
आँफै खोज्छ जनता
आफ्नो हक आँफै खोज्छ जनता ।
जनता शान्तिपुर्वक
बस्न चाहन्छन
देशमा शान्ति आएको
हेर्न चाहन्छन
जनता कसैको नजरमा
राम्रा हुन्छन भने
कसैको नजरमा
नराम्रा हुन्छन
जनता विना कारण
कसैको कुभलो ताक्दैनन
गल्ती गर्नेलाई
बाँकीं पनि राख्दैनन ।
जनता राष्ट्रका
स्रोत हुन,सत्ताका हकदार पनि
त्यसैले जनताको
काम गर्न ढिला गर्नेलाई
बाँकी पनि राख्न चाहँदैन जनता
जनताको काम गर्न
ढिला गर्नुहुन्न
जनतालाई अन्धकारमा राखेर
आफ्नो दुनो सोझ्याउनेलाई
बाँकी राख्न चाहँदैनन जनता
जस्तासुकै ईतिहास पनि
उल्टाइदिन्छ जनताले
त्यसैले हरेक दिन,हरेक रात
हरेक बिहान्,हरेक प्रहर
खबरदारी गर्न बसिरहेछन
देशको नयाँ कानुनको आशमा
देशले नयाँ गती पाउने
उमँगको साथमा ।
तर जनताको भावनालाई लात मारेर
जनताको आँखामा छारो हानेर
मोज मस्तीमा रम्ने
जनभावनामा खेलवाड गर्नेलाई
त्यसै बाँकी राख्न चाहँदैन जनता
खबरदार! जनभावना लाई
आत्मसात हैन लात हान्ने
प्रब्रितीका मानव रुपी राक्षसहरुलाई
समयमा संबिधान बनाउन
कुर्सिको लागि तानतान् गर्ने
पैसाको लागि मरिमेट्ने
सधैं कहिले आन्दोलन
कहिले चक्काजाम अनी कहिले
बन्दको नाममा जनतालाई नचलाऊ
जनता अरिङ्गालको गोलो हो
देशको निम्ती जे गर्न पनि पछी नहत्ने
खहरे जस्तो क्षणिक हैन
दुधकोशी जस्तै अबिरल बग्ने नदी हो ।
होसियार ! होसियार!! होसियार !!
बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार
Tuesday, October 27, 2009
हरेक बिहान प्रकाश बनी,तिमीमा म छाउछु ।।
दिवास्वप्न देख्छु म,तिमी सँग घुमेको
तिमी सँगै गाएको,तिमी सँगै भुलेको ।।
हरेक रातहरुमा,राति अबेर सम्म
जहाँ हुन्छ एकान्त,अनी सुनसान ।।
हरेक पल हरेक क्षण,तिम्रो यादमा हुन्छु म
तिमी म सँग नहुँदा,सुँक्क-सुँक्क रुन्छु म ।।
बिनोद कुमार रिजाल
रूपनगर-७, सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार
Sunday, October 18, 2009
TIHAR : A FESTIVAL OF LIGHTS
Friday, October 16, 2009
कविता
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।
बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।
सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।
महाकवी देवकोटा र नेपाली साहित्य
नेपाली साहित्याकाशमा लगभग २५० वर्ष अघिको अवधि सम्म पुग्न सकिन्छ । यस अवधिमा नेपाली साहित्यको बगैँचामा थुप्रै मालीहरु देखापरे र साहित्य-बँगैचालाई यथाशक्य गोडमेल र मलजल गरे । त्यस्तै साहित्यिक मालीहरुमध्ये विक्रमको बीसौँ शाताब्दीको उत्तरार्धतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा देखापरे । यिनै साहित्यका विराट् र अद्भुत प्रतिभाका बारे चर्चा गर्ने यहाँ जमर्को गरेको छु ।दिपावलीको शुभकामना ।
Sunday, September 27, 2009
शुभकामना
विनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार
Sunday, September 20, 2009
गजल
दशै हाम्रो महान चाड हाँसी-खुसी मनाउनु पर्छ
आफन्त-आफन्तमा सधैं भरी भात्रीप्रेम जगाउनुपर्छ ।।
हराएको खुशी हाम्रो फेरिपनी ल्याउनुपर्छ
धेरै लामो समय भेट नभएका आफन्तलाई आनन्दले भेट्नुपर्छ ।।
फेरी पनी हजुरहरुको खुसियाली आओस यही मेरो चाहना
सधैं भरी हाँसीखुसी रहनुहोस् यही मेरो कामना ।।
शुभकामना !
हाँसीखुसी रहनुहोस् यही छ शुभकामना कसैको ।
दिर्घायु,सुख र शान्तिले सधैं हजुरको मनमा बास पाओस
सधैंभरी हजुरको परिवारमा खुसीयाली छाओस ।
हराउन सारा दु:ख कस्टहरु सत्रुसबै नाश हुन
हरपल हरक्षण हजुरको सबै परिवार एकैसाथ रहुन ।
समाजमा हजुरको सधैं भरी राम्रो-राम्रो कुरा हओस
परिवारमा सधै सधै सुख,शान्ति र खुसीयाली रहोस ।
हजुरको परिवारमा सधैं भरी खुसियाली छाओस
दु:खले कहिलै प्रवेश नपावस ।
मान्यजनको आशि़सले पुरा होस कामना
सधैं भरी सफल रहोस् ,जिन्दगी उच्च रहोस् हजुरको भावना
यही छ शुभ बिजयादशमी २०६६ सालको हार्दिक मंगलमय शुभकामना ।
बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी ,सगरमाथा नेपाल ।
हाल : दोहा ,कतार
Saturday, September 5, 2009
गजल
सधैं नाङो पिठयु देखाएर कती बाच्नु
सधैं पिडा लुकाएर कती हास्नु ।
अभावले पिल्सियर पेरुङो झै हुँदा
खान नभै कहिले काही पेट कुइ कुइ गरी रुदा ।
दु:ख अरुलाई कहिले भन्दैनन मानिसले बरु
यस्तो कारुणिक मर्महरु कसरी भन्छन तरु ।
यस्तो-यस्तो दर्द हरु मन भरी हुँदा
सम्झाउने कोही हुन्नन मन धेरै रुदा ।
जस्तो-तस्तो ब्यथा हरु कसैले बुझ्दैनन
यदी बुझे भने पनि सहयोग गर्ने हैनन ।
यस्तै-यस्तै समस्यामा जकडिदा खेरी
मार्ने गर्छन् कती फन्को अरुको देश फेरी ।
शिक्षा हुन्न,स्वास्थ हुन्न,मान सम्मान हुन्न
न त राम्रो सुबिधा हुन्छ, केही पनि राम्रो हुन्न ।
प्रतिस्पर्धामा तिनिहरु कहिले माथि जाने हैनन
तिनिहरुले अरुलाई कहिले पनि छुन्नन ।
विनोद कुमार रिजाल
रूपनगर- ७ ,सप्तरी
हाल : दोहा ,कतार
गजल
गजल
अली अली गर्दै छिमेकीले साध मिच्ने गरेका छन
हाम्रो आफ्नो मातृभूमीमा आइ सधैं किच्ने गरेका छन ।
साध मिची मिचीकन टिस्टा-काङगडा खाएकै हुन
हाम्रो किल्लाको पानी थुन्न मुहान पनि धाएकै हुन ।
साध मिच्ने क्रममा सुस्ता पनि मिचीरा छन
हरेक कुरामा हाम्रो देशलाई चारै तिरबाट थिचीरा छन ।
हाम्रो आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्ने गरेका छन
अलिकती अलिकती दिनै पिच्छे सीमा मिच्ने गरेका छन ।
सधियारको सीमा भन्दा कहिले बाहिर नजाउ तिमी
सधैं भरी यस्तै गरे हाम्रो चिउरा खाउला तिमी ।
ठुला बढा भनौदाहरु कुर्सीको लागि लडिरा छन
हाम्रो आफ्नो शत्रु छिमेकी सधैं अघी बढीरा छन ।
कुर्सीको लागि लागि लड्नेहरु देशको लागि पनि सोच्ने
गरनत्रभय हामी जनता चुप लागि बस्ने छैनौ ।
खबरदार ! छिमेकीहरु अब देखी घुरी
हेरेहामी आफ्नो आफ्नो देशको लागि चुप लागि बस्ने छैनौ ।
निर्धो भनी हेपेर होला यस्तो गर्ने गरेका होलाउ
वीर गोर्खालीका सन्तान हौ हामी पनि काम छैनौ ।
परी आए डटी लड्छौ पछी कहिले हट्ने
छैंनौआफ्नो भु-भाग मिच्या हेरी चुप कहिले बस्ने छैनौ ।
Monday, August 31, 2009
मेरो नेपाल
Sunday, August 30, 2009
खुलापत्र :
समय सन्दर्भ :
karakaapamaa r jaalajhel garer nepaalii bhaashaamaa shapath naline kuraa unale prasht rupamaa nai bataayekaa chhan prashn uthchh, kaanunii raajy maanne ho bhane kaanunako vyaakhyaa garne sarvochch adaalatako phaisalaa maandinan bhaner saarvajanik rupamaa bhann paainchh ki paainn ? ke kaanun bhaneko thoolaalaaee maatr nalaagne r saanaalaaee maatr laagne vishay ho ?
-नेपाली जनताले चाहेमा जनतासमक्ष nepaaliimaa patakapatak shapath lin tayaar chhu।
-न्यायपालिकाको मर्यादा हनन गर्ने आफ्नो कुनै मनशाय छैन ।
-नेपाली भाषी नेपालीहरुको मान एवम् तिनका भावनाको पनि हृदयदेखि कदर गर्छु।
-शपथ लिँदा आफ्नो मनमा महान् नेपाली भाषाको अपमान गर्ने कुनै मनशाय नभएको र नेपाली भाषा नबोल्ने शपथ खाएको पनि होइन। एक अर्काको भाषा र भावनाको सम्मानबाट नै सबै नेपाली विजयी हुनसक्छौँ।
-म तराई, मधेस, पहाड, हिमाल सिङ्गो राष्ट्रको उपराष्ट्रपति रहेको र मलाई आफ्नो पदीय गरिमा र मर्यादाको ख्याल छ।



