Friday, November 5, 2010

शुभकामना ।

diwali greetings
Diwali | Forward this Graphic

नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

Saturday, August 28, 2010

गजल

नियतीको खेल हो कि आफन्तको झेल भनौं
जिन्दगीमा नसोचेको आपत्-बिपद आइ पर्‍यो । ।


धन कमाई सपनाहरु पुरा गर्ने लक्ष्यहरु कयौ
लक्ष्य पुरा गर्न खोज्दा बज्रसरी चोट पर्‍यो । ।


आफ्नो मान्छे आफ्नो हुन्छ भन्ने सोची काम गर्दा
झुटा लान्छना पहिराउने खै के कसुर खास पर्‍यो । ।


संघर्षशिल जिन्दगीका चुनौती हरु स्वीकार गर्दा
झुट्को खेती गरि-गरी सकेसम्म गर्नु गर्‍यो । ।


हरेक समस्या सँग जुधी आफ्नो लक्ष्य हावी हुँदा
दुःख सँगको बाजी जिती सुखमय आभास पर्‍यो । ।


दुःख पीडा दर्द मात्रै जिन्दगीमा आइ पर्दा
रतिपनी अबिचलित भै 'बिनोद' ले पार तर्‍यो । ।

 
नोट्: लामो समयको अन्तरालमा मेरो यो सानो निम्न बर्गिय गजल प्रकाशन गरेको छु कृपया उचित मुल्याँकन सहित सुझाबको अपेक्षा गर्दछु ।

Friday, March 5, 2010

'क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा

नन्दलाल आचार्य
सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ । त्यस्तै विदेशमा रहँदा हुने आफ्नोपनको अभाव र पीडालाई गीतका थुँगामा उनेर हुदय छुने भाव प्रेषण गर्ने काम गीतमा भएको छ ।

Monday, November 30, 2009

तिम्रो  माया अझै पनि मटुभित्र छ प्रिय
हृदयको हर पानामा तिमै चित्र छ प्रिय ।।

भुगोल झैँ  घुमिरहने मेरो यो मस्तिष्कमा
तिम्रै अटुट स्मृति अनि तिम्रै चित्र छ प्रिय ।।

तिमी के सम्झन्छौ त्यो मलाई थाहा भएन
तर मेरो माया निर्मल जलसरी पवित्र छ प्रिय ।।

एकपटक शत्रुवत सोच परिवर्तन गरी त हेर
मेरो जस्तै संसारमा जताततै मित्रता छ प्रिय ।।

Sunday, November 22, 2009

अन्लाईन मित्रता

बेलुकीको ७ बजेको थियो । ईन्टरनेटमा मस्त तरिकाले च्याटिङमा व्यस्त थिएँ । फेश बुक ,हटमेल ,गूगल अनी याहू गरेर चार तिर भ्याइ-नभ्याइ थियो । यसै क्रममा मेरो आँखा फेश बुकको एक फोटोमा पर्‍यो । त्यस पछी मैले त्यस फोटोमा प्रतिकृया लेखे । त्यस्को जवाफ आयो । मैले साथीबन्नको लागि रिक्वेस्ट पनि गरे त्यसको एक,दुई दिन पछी त्यो पनि स्वीकार गरेको पाए । मैले उनको व्यक्तिगत विवरण इन्फो भन्ने ट्यावमा क्लिक गरे त्यस पछी मैले उनको सम्पूर्ण व्यक्तिगत विवरण वारे जान्ने अवसर पनि पाए । त्यस पछी त्यहाँ वाट मैले उनको ईमेल र मोबाईल नम्बर पनि थाहा पाए । अनी मैले उनको ईमेल आइ डि लाई गूगल अकाउन्ट को मेरो ईमेल म लगेर जोडें। त्यस्पछीका दिन हरुमा मेरो र उनको प्राय फेश बुक अनी गूगल टल्क मार्फत भेट भै रहन्थ्यो ।अनी आ-आफ्नो बिबिध व्यक्तिगत कुरा अनी परिवारको बारेमा पनि कुराहरु भइ रहन्थ्यो । यसै गरी एक-दुइ गर्दा गर्दै धेरै दिन वा एक हप्ता बितिसकेको थियो । म प्राय: फुर्सदिलो थिए । त्यसैले मेरो काम फुर्सद्को समयमा ईन्टरनेटमा बसेर नयाँ समाचार हेर्ने देश-विदेशका साथीहरु सँग कुरा गर्ने थियो । त्यसैले गर्द फुर्सदको समयलाई सदुपयोग गर्न भनेर मैले एउटा ब्लग पेज पनि सन्चालन गरेको थिए ।

Tuesday, November 10, 2009

गजल


टुक्रा-टुक्रा हुने भो देश, भाग बन्डा गर्दैछन रे
कोही भने भाग नपाई,आन्दोलनमा लड्दैछन रे ।।

देशमा शान्ती ल्याउने निहुँमा, रक्तकुन्ड बगेको थ्यो
सबै कुरा बिर्सी अहिले, आन्दोलनमा फस्दैछन रे ।।

देशको सीमा धमाधम,चारैतिर मिचिन्दै छ रे
दिउसै छिमेकी देशका सेना,हाम्रो ईलाकामा पस्दैछन् रे ।।

आफ्नो स्वार्थ सिद्ध गर्न,सोझा जनता उक्साएर
राजनेताहरु निर्धक्क, छाती फुलाई बस्दैछन् रे ।।

गाउँघर चारै तिर दिउसै डाँका पस्दैछन् रे
सोझा-सिधा गाउँलेहरु, भुमरीमा फस्दैछन रे ।।

जता-ततै अशान्तीको, कालो बादल मडा-या देखी-देखी
रक्त पिपासु नेता चुप-चाप, कुर्सी माथि बस्दैछन् रे ।।

बिनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार



Friday, November 6, 2009

जनता

कसरी काम गर्नुपर्छ
सिकाउनु पर्दैन जनतालाई
कसले के गर्दै छ
भन्नु पर्दैन जनतालाई
आफ्नो अधिकार
आँफै खोज्छ जनता
आफ्नो हक आँफै खोज्छ जनता ।

जनता शान्तिपुर्वक
बस्न चाहन्छन
देशमा शान्ति आएको
हेर्न चाहन्छन
जनता कसैको नजरमा
राम्रा हुन्छन भने
कसैको नजरमा
नराम्रा हुन्छन
जनता विना कारण
कसैको कुभलो ताक्दैनन
गल्ती गर्नेलाई
बाँकीं पनि राख्दैनन ।

जनता राष्ट्रका
स्रोत हुन,सत्ताका हकदार पनि
त्यसैले जनताको
काम गर्न ढिला गर्नेलाई
बाँकी पनि राख्न चाहँदैन जनता
जनताको काम गर्न
ढिला गर्नुहुन्न
जनतालाई अन्धकारमा राखेर
आफ्नो दुनो सोझ्याउनेलाई
बाँकी राख्न चाहँदैनन जनता
जस्तासुकै ईतिहास पनि
उल्टाइदिन्छ जनताले
त्यसैले हरेक दिन,हरेक रात
हरेक बिहान्,हरेक प्रहर
खबरदारी गर्न बसिरहेछन
देशको नयाँ कानुनको आशमा
देशले नयाँ गती पाउने
उमँगको साथमा ।

तर जनताको भावनालाई लात मारेर
जनताको आँखामा छारो हानेर
मोज मस्तीमा रम्ने
जनभावनामा खेलवाड गर्नेलाई
त्यसै बाँकी राख्न चाहँदैन जनता
खबरदार! जनभावना लाई
आत्मसात हैन लात हान्ने
प्रब्रितीका मानव रुपी राक्षसहरुलाई
समयमा संबिधान बनाउन
कुर्सिको लागि तानतान् गर्ने
पैसाको लागि मरिमेट्ने
सधैं कहिले आन्दोलन
कहिले चक्काजाम अनी कहिले
बन्दको नाममा जनतालाई नचलाऊ
जनता अरिङ्गालको गोलो हो
देशको निम्ती जे गर्न पनि पछी नहत्ने
खहरे जस्तो क्षणिक हैन
दुधकोशी जस्तै अबिरल बग्ने नदी हो ।
होसियार ! होसियार!! होसियार !!


बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार

Tuesday, October 27, 2009

हरेक दिन तिम्रो नाम,लिई गीत गाउँछु
हरेक बिहान प्रकाश बनी,तिमीमा म छाउछु ।।

दिवास्वप्न देख्छु म,तिमी सँग घुमेको
तिमी सँगै गाएको,तिमी सँगै भुलेको ।।

हरेक रातहरुमा,राति अबेर सम्म
जहाँ हुन्छ एकान्त,अनी सुनसान ।।

हरेक पल हरेक क्षण,तिम्रो यादमा हुन्छु म
तिमी म सँग नहुँदा,सुँक्क-सुँक्क रुन्छु म ।।

बिनोद कुमार रिजाल
रूपनगर-७, सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार

Sunday, October 18, 2009

TIHAR : A FESTIVAL OF LIGHTS

Tihar, the festival of lights is one of the most liked and dazzling of all Hindu festivals. Actually In this festival we worships Goddess Laxmi, the Goddess of wealth. During the festival all the houses in the city and villages are decorated with lit oil lamps. Thus during the night the entire village or city looks like a sparkling diamond. This festival is celebrated in five days starting from the thirteenth day of the waning moon in October. We also refer to tihar as 'YamaPanchak' which literally means 'the five days of the underworld lord'. We also worship 'yamaraj' in different forms in these five days. In other words this festival is meant for life and prosperity.

            Goddess Laxmi is the wife of almighty Lord Vishnu. She was formed from the ocean and she has all the wealth of the seas. She sits on a full-grown lotus and her steed is the owl. On the third day of the festival at the stroke of midnight she makes a world tour on her owl looking how she is worshipped.
            There is a story, which tells why this revelry is celebrated so .Once there was a king who was living his last days of life. His astrologer          had told him that a serpent would come and take his life away. The king did not want to die so he has asked the astrologer if there was any way to escape death. The king was advised to sleep with lit oil lamps all around his bed and decorate the palace with oil lamps on laxmi puja day. So goddess laxmi would talk to the serpent not to take his life. It did happen, the serpent was convinced by goddess laxmi. The serpent took the king to Yama Raj and told him that it was not yet the king's time to come to the underworld. So Yama Raj opened his ledger and in it the kings remaining age was written zero, but the serpent cleverly put seven before zero. Thus the king lived for seventy more years. So onwards tihar is widely celebrated worshipping the underworld and goddess laxmi.

Friday, October 16, 2009

कविता

सम्झना आउछ भाइटिकाको, म घरमा छैन नानु
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।

बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।

सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।

महाकवी देवकोटा र नेपाली साहित्य

      
           नेपाली साहित्याकाशमा  लगभग २५० वर्ष अघिको अवधि सम्म पुग्न सकिन्छ । यस अवधिमा नेपाली साहित्यको बगैँचामा थुप्रै मालीहरु देखापरे र साहित्य-बँगैचालाई यथाशक्य गोडमेल र मलजल गरे । त्यस्तै साहित्यिक मालीहरुमध्ये विक्रमको बीसौँ शाताब्दीको उत्तरार्धतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा देखापरे । यिनै साहित्यका विराट् र अद्भुत प्रतिभाका बारे चर्चा गर्ने यहाँ जमर्को गरेको छु ।
जन्म र बाल्यकाल
गोर्खाबाट काठमाडौँ आएर बसोबास गर्न थालेको देवकोटा वंशमा विसं १९६६ साल कार्तिक २७ गते शुक्रबार एउटा बालकको जन्म भयो र तिहारको लक्ष्मीपूजाका दिन जन्मेको हुनाले उक्त बालकको नाम लक्ष्मीप्रसाद राखियो । पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा जन्मेका लक्ष्मीप्रसादको नक्षत्रअनुसार न्वारानको नाम तीर्थमाधव भए पनि धनकी देवी लक्ष्मीको प्रसाद ठानेर लक्ष्मीप्रसाद नै भन्न थालियो र यसै नामबाट उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने ताराका रुपमा चम्किइरहेका छन् । बाल्यावस्थामा देवकोटा एकहोरो स्वभावका थिए । देवकोटा जन्मेको समयमा काठमाडौँमा त्यतिका घरहरु थिएनन् । वरिपरिको खुला प्राकृतिक वातावरणमा चाहारेर उनी घण्टौँ बिताउँथे ।

दिपावलीको शुभकामना ।


नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई २०६६ सालको शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

Sunday, September 27, 2009

शुभकामना


टिका होस् निधारमा,जमरा होस् कानमा,सुख होस् परिवारमा, शान्तीहोस् देशमा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षामा पास होस्,सुन चाँदीको रास होस्,पुरा होस् मनोकामना,यही छ विजयादशमी 2066 को सुखद उपलक्ष्यमा संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी-बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बिजयादशमीको पावन अवसरमा तपाईंको सु-स्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु । नवदुर्गा भवानीले सबै बाधाको नाश गरुन। हाम्रो सम्बन्ध सधैं सुमधुर रहोस् ।


विनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार

Sunday, September 20, 2009

गजल

( शुभकामना बिजयादशमीको  )

दशै हाम्रो महान चाड हाँसी-खुसी मनाउनु पर्छ

आफन्त-आफन्तमा सधैं भरी भात्रीप्रेम जगाउनुपर्छ ।।


हराएको खुशी हाम्रो फेरिपनी ल्याउनुपर्छ

धेरै लामो समय भेट नभएका आफन्तलाई आनन्दले भेट्नुपर्छ ।।


फेरी पनी हजुरहरुको खुसियाली आओस यही मेरो चाहना

सधैं भरी हाँसीखुसी रहनुहोस् यही मेरो कामना ।।

शुभकामना !

शुभकामना छ हजुरलाई बडा दशैको

हाँसीखुसी रहनुहोस् यही छ शुभकामना कसैको ।

दिर्घायु,सुख र शान्तिले सधैं हजुरको मनमा बास पाओस

सधैंभरी हजुरको परिवारमा खुसीयाली छाओस ।

हराउन सारा दु:ख कस्टहरु सत्रुसबै नाश हुन

हरपल हरक्षण हजुरको सबै परिवार एकैसाथ रहुन ।

समाजमा हजुरको सधैं भरी राम्रो-राम्रो कुरा हओस

परिवारमा सधै सधै सुख,शान्ति र खुसीयाली रहोस ।

हजुरको परिवारमा सधैं भरी खुसियाली छाओस

दु:खले कहिलै प्रवेश नपावस ।

मान्यजनको आशि़सले पुरा होस कामना

सधैं भरी सफल रहोस् ,जिन्दगी उच्च रहोस् हजुरको भावना

यही छ शुभ बिजयादशमी २०६६ सालको हार्दिक मंगलमय शुभकामना ।



बिनोद कुमार रिजाल

रूपनगर-७ ,सप्तरी ,सगरमाथा नेपाल ।

हाल : दोहा ,कतार

Saturday, September 5, 2009

गजल

गजल

सधैं नाङो पिठयु देखाएर कती बाच्नु

सधैं पिडा लुकाएर कती हास्नु ।


अभावले पिल्सियर पेरुङो झै हुँदा

खान नभै कहिले काही पेट कुइ कुइ गरी रुदा ।


दु:ख अरुलाई कहिले भन्दैनन मानिसले बरु

यस्तो कारुणिक मर्महरु कसरी भन्छन तरु ।


यस्तो-यस्तो दर्द हरु मन भरी हुँदा

सम्झाउने कोही हुन्नन मन धेरै रुदा ।


जस्तो-तस्तो ब्यथा हरु कसैले बुझ्दैनन

यदी बुझे भने पनि सहयोग गर्ने हैनन ।


यस्तै-यस्तै समस्यामा जकडिदा खेरी

मार्ने गर्छन् कती फन्को अरुको देश फेरी ।


शिक्षा हुन्न,स्वास्थ हुन्न,मान सम्मान हुन्न

न त राम्रो सुबिधा हुन्छ, केही पनि राम्रो हुन्न ।


प्रतिस्पर्धामा तिनिहरु कहिले माथि जाने हैनन

तिनिहरुले अरुलाई कहिले पनि छुन्नन ।

विनोद कुमार रिजाल

रूपनगर- ७ ,सप्तरी

हाल : दोहा ,कतार

गजल

गजल

अली अली गर्दै छिमेकीले साध मिच्ने गरेका छन

हाम्रो आफ्नो मातृभूमीमा आइ सधैं किच्ने गरेका छन ।


साध मिची मिचीकन टिस्टा-काङगडा खाएकै हुन

हाम्रो किल्लाको पानी थुन्न मुहान पनि धाएकै हुन ।

साध मिच्ने क्रममा सुस्ता पनि मिचीरा छन

हरेक कुरामा हाम्रो देशलाई चारै तिरबाट थिचीरा छन ।


हाम्रो आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्ने गरेका छन

अलिकती अलिकती दिनै पिच्छे सीमा मिच्ने गरेका छन ।

सधियारको सीमा भन्दा कहिले बाहिर नजाउ तिमी

सधैं भरी यस्तै गरे हाम्रो चिउरा खाउला तिमी ।


ठुला बढा भनौदाहरु कुर्सीको लागि लडिरा छन

हाम्रो आफ्नो शत्रु छिमेकी सधैं अघी बढीरा छन ।

कुर्सीको लागि लागि लड्नेहरु देशको लागि पनि सोच्ने

गरनत्रभय हामी जनता चुप लागि बस्ने छैनौ ।

खबरदार ! छिमेकीहरु अब देखी घुरी

हेरेहामी आफ्नो आफ्नो देशको लागि चुप लागि बस्ने छैनौ ।


निर्धो भनी हेपेर होला यस्तो गर्ने गरेका होलाउ

वीर गोर्खालीका सन्तान हौ हामी पनि काम छैनौ ।


परी आए डटी लड्छौ पछी कहिले हट्ने

छैंनौआफ्नो भु-भाग मिच्या हेरी चुप कहिले बस्ने छैनौ ।

Monday, August 31, 2009

मेरो नेपाल

उपराष्ट्रपति परमानन्द झालाई अब उप्रान्त कानुनी तथा नैतिक हिसाबले खाईपाई आएको सेवा-सुविधा र भूमिका उपयोग गर्न समस्या आएको छ । किनकि पदमा रहने भए नेपालीमै सपथ खान सर्वोच्चले दोस्रो पटक आदेश दिइसकेको छ । हिन्दीमा सपथ लिएपछि २०६५ साउनमा उपराष्ट्रपतिले देशव्यापी विरोध सामना गर्नुपरेको थियो । मुलुकवासीबाट चर्को विरोध भएपछि त्यसलाई मत्थर पार्न नै उहाँले साउन १४ मा देशवासीका नाममा अपिल जारी गर्नुपरेको थियो । उहाँले अपिलमा राष्ट्रिय एकता अखण्डता सार्वभौमिकता र सबै नागरिकको सम्मानमा कुनै पनि प्रकारको प्रतिकूल प्रभाव पार्ने मनसाय नरहेको प्रस्टीकरण दिनुभएको थियो । हिन्दी भाषामा सपथ लिएपछि तराईका मैथिलिभाषीले समेत विरोध जनाएका थिए ।
सर्वोच्चको अस्थायी न्यायाधीश हुँदा ६ सय ६९ किलो चरेससहित पक्राउ परेका व्यक्ति दिलबहादुर गुरुङलाई २०६३ असार १५ मा निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएपछि झा विवादमा तानिनुभएको थियो । आर्थिक प्रलोभनमा परेर लागूऔषध तस्करलाई सफाइ दिएको विवादपछि अनुसन्धानका लागि सर्वोच्च अदालतले न्यायाधीश अनुपराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । चरेस काण्डकै कारण स्थायी न्यायाधीश बनाउन अनुपयुक्त ठहर गर्दै न्यायपरिषद्ले पुनरावेदन अदालत विराटनगर सरुवा गरेपछि कानुन व्यवसायीहरुले उहाँको बेन्चसमेत बहिस्कार गरेका थिए । त्यसपछि न्याय सेवाबाट बाहिरिनुभएका झालाई मधेसी जनअधिकार फोरमले उपराष्ट्रपतिको रुपमा अघि सारेर राजनीतिमा प्रवेश गराएको थियो .

Sunday, August 30, 2009

खुलापत्र :

खुलापत्र तथा केही प्रश्नहरु :
सम्माननीय देशद्रोही उपरास्ट्रपति ज्यू ,
देशद्रोही उपरास्ट्रपतिको कार्यालय
नेपाल ।
शपथ बदर भईसकेपछि परमानन्द झाको हैसियत कानूनी रुपमा उपराष्ट्रपति छ की छैन भन्नेमा हामी लाई शंका लागेको छ । संपूर्ण राष्ट्र प्रेमी जनसमुदायको मनमा चोट लागेको छ। किनकी उपराष्ट्रपति जस्तो गरिमामय पदमा बसेको भू:पु न्यायाधीस जस्तो मान्छेले पनि देशको मूल-कानुनको अपहेलना गरी एक विदेशी दलालको भूमिका निर्बाह गर्दै हिजो सम्म अरुलाई कानुनको पाठ सिकाउँदै हिड्ने मान्छेले एस्तो स्थानमा आइपुग्दा यही गर्छ भनेर । तर जसरी सर्वोच्चले शपथ बदर गरिदिएको छ, त्यसरी नै परमानन्द झाले त्यो फैसलालाई बदर गरिदिएकाछन ।उनले सर्वोच्चको आदेश पालना नगर्ने खुला रुपमा घोषणा नै गरेका छन। के यही हो त लोकतांत्रिक परिपाटीको मूल्य र मान्यता ? के यही हो त आफ्नो ज्यानको समेत परवाह नगरी रगतको खोलो बगाउने शहीदको सपना ? के यही हो त जनताले चाहेको वास्तबिक लोकतंत्र ? के यही हो त सर्बोच्च अदालत जस्तो गरिमामय संस्थाको आदर ? अब जनताले कुन आधारले उपराष्ट्रपतिको मान्यता दिने ? माथीको संपूर्ण प्रश्नको जवाफ सोचनीय छ भन्दा अतियुक्ती नहोला । आज आयोजित एकतर्फी पत्रकार सम्मेलनमा उनले आफूले राजीनामा पनि नदीने र अदालतको आदेश पनि नमान्ने बताए । एकतर्फी यो अर्थमा की उनले पत्रकारहरूले सोध्न खोजेका कुनै प्रश्नको जवाफ दिएनन र जालझेल गरेर नेपाली भाषामा शपथ नलिने कुरा उनले प्रष्ट रुपमा नै बताएका छन । प्रश्न उठ्छ , कानूनी राज्य मान्ने हो भने कानुनको व्याख्या गर्ने सर्वोच्च अदालतको फैसला मान्दीन भनेर सार्वजनिक रुपमा भन्न पाईन्छ की पाइन्न? के कानून भनेको ठूलालाई मात्र नलाग्ने र सानालाई मात्र लाग्ने विषय हो ? सर्वोच्चको आदेश पालन गर्दिनँ भन्ने उपराष्ट्रपतिका यत्तिकै नकारात्मक कुरा पनि आएका छन । त्यसैले होसियार यस्तै जनभावना बिरोधी ब्यक्ति हरुले नै देश बिदेशी दलालको फन्दामा सुम्पिन्छं । आजै देखि यस्ता तत्व विरुद्ध आवाज उठाओं ।
धन्यवाद ।
नेपाल र नेपालीको जय होस ।

समय सन्दर्भ :

khulaapatratathaakehiiprashnaharu




shapath badar bhisakepachhi paramaanand jhaako haisiyat kaanunii rupamaa uparaashtrapati chh ki chhain bhannemaa haamii laaee shankaa laageko chh null sanpoorn raashtr premii janasamudaayako manamaa chot laageko chh null kinakii uparaashtrapati jasto garimaamay padamaa baseko bhoo.pu nyaayadhis jasto maanchhele pani deshako mool-kaanunako apahelanaa garii yek videshii dalaalako bhoomikaa nirbaahaa gardai hijo samm arulaaee kaanunako paath padaaudai ,sikaaundai हिड्ने maanchhe le ahile yesto sthaan maa aaipugdaa yahii garchh bhaner null tar jasarii sarvochchale shapath badar garidiyeko chh, tyasarii nai paramaanand jhaale tyo phaisalaalaaee badar garidiyekaa chhan unale sarvochchako aadesh paalanaa nagarne khulaa rupamaa ghoshanaa nai garekaa chhan ke yahii ho t lokataantrik paripaatii ko mooly r maanyataa ? ke yahii ho t aaphno jyaanako samet paravaah nagarii ragatako kholo bagaaune shahiidko sapanaa ? ke yahii ho t janataale chaaheko vaastaabik lokatantr ? ke yahii ho t sarbochch adaalat jasto garimaamay sansthaako aadar ? ab janataale kun aadhaarle uparaastrapatiko maanyataa dine ? maathi ko sanpoorn prashn ko javaaph sochaniiy chh bhandaa atiyuktii naholaa null aaj aayojit yekatarphii patrakaar sammelanamaa unale aaphoole raajiinaamaa pani nadine r adaalatako aadesh pani namaanne bataaye yekatarphii yo arthamaa ki unale patrakaaraharule sodhn khojekaa kunai prashnako javaaph diyenan
karakaapamaa r jaalajhel garer nepaalii bhaashaamaa shapath naline kuraa unale prasht rupamaa nai bataayekaa chhan prashn uthchh, kaanunii raajy maanne ho bhane kaanunako vyaakhyaa garne sarvochch adaalatako phaisalaa maandinan bhaner saarvajanik rupamaa bhann paainchh ki paainn ? ke kaanun bhaneko thoolaalaaee maatr nalaagne r saanaalaaee maatr laagne vishay ho ?

sarvochchako aadesh पालन गर्दिनँ भन्ने उपराष्ट्रपतिका mukhabaat kehii sakaaraatmak kuraa pani aayekaa chhan jastai
-नेपाली जनताले चाहेमा जनतासमक्ष nepaaliimaa patakapatak shapath lin tayaar chhu
-न्यायपालिकाको मर्यादा हनन गर्ने आफ्नो कुनै मनशाय छैन
-नेपाली भाषी नेपालीहरुको मान एवम् तिनका भावनाको पनि हृदयदेखि कदर गर्छु
-शपथ लिँदा आफ्नो मनमा महान् नेपाली भाषाको अपमान गर्ने कुनै मनशाय नभएको नेपाली भाषा नबोल्ने शपथ खाएको पनि होइन। एक अर्काको भाषा भावनाको सम्मानबाट नै सबै नेपाली विजयी हुनसक्छौँ।
- तराई, मधेस, पहाड, हिमाल सिङ्गो राष्ट्रको उपराष्ट्रपति रहेको मलाई आफ्नो पदीय गरिमा मर्यादाको ख्याल छ।

माथिका वाक्यांस लाई बिचार गरी खण्डन गर्दा उपराष्ट्रपतिले मात्र जनताको आँखामा छारो हाल्ने काम बाहेक केही गरेको पाइएन किन भने प्रथम वाक्यांसले के भन्छ भने , नेपाली जनताले चाहेमा जनतासमक्ष नेपालीमा पटकपटक शपथ लिन तयार छु। के सर्वोच्च न्यायलय जस्तो गरिमा माया संस्था नेपाली जनताको हैन ? की आफु जस्तै विदेशी दलालको संस्था हो भन्ने लाग्छ ? दोस्रो वाक्य न्यायपालिकाको मर्यादा हनन गर्ने आफ्नो कुनै मनशाय छैन न्यायपालिकाको मर्यादा हनन गर्ने मनसाय नभएको भए के यो सम्मान गरेको हो भनेर जनताको आंखामा छारो हालेको कसैको आज्ञा पालना गरेको भनेर यसैलाई भनिन्छ त्यसो भए ?

नेपाली भाषी नेपालीहरुको मान एवम् तिनका भावनाको पनि हृदयदेखि कदर गर्छु। त्यसो भए यही हो नेपाली भाषीको कदर गरेको ? यदि हिन्दीमा सपथ खानुको बदला आफ्नो मातृभाषा सपथ खांदा जनताले के गर्थे ? शपथ लिँदा आफ्नो मनमा महान् नेपाली भाषाको अपमान गर्ने कुनै मनशाय नभएको नेपाली भाषा नबोल्ने शपथ खाएको पनि होइन। एक अर्काको भाषा भावनाको सम्मानबाट नै सबै नेपाली विजयी हुनसक्छौँ। यदि उपराष्ट्रपतिले नेपाली भाषाको अपमान नगरेको भए के खिल्ली उडाएको मान्ने हामी जनताले की विदेशी दलाल, ?

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out