Diwali | Forward this Graphic
नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहारमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
Friday, November 5, 2010
Saturday, August 28, 2010
गजल
नियतीको खेल हो कि आफन्तको झेल भनौं
जिन्दगीमा नसोचेको आपत्-बिपद आइ पर्यो । ।
धन कमाई सपनाहरु पुरा गर्ने लक्ष्यहरु कयौ
लक्ष्य पुरा गर्न खोज्दा बज्रसरी चोट पर्यो । ।
आफ्नो मान्छे आफ्नो हुन्छ भन्ने सोची काम गर्दा
झुटा लान्छना पहिराउने खै के कसुर खास पर्यो । ।
संघर्षशिल जिन्दगीका चुनौती हरु स्वीकार गर्दा
झुट्को खेती गरि-गरी सकेसम्म गर्नु गर्यो । ।
हरेक समस्या सँग जुधी आफ्नो लक्ष्य हावी हुँदा
दुःख सँगको बाजी जिती सुखमय आभास पर्यो । ।
दुःख पीडा दर्द मात्रै जिन्दगीमा आइ पर्दा
रतिपनी अबिचलित भै 'बिनोद' ले पार तर्यो । ।
नोट्: लामो समयको अन्तरालमा मेरो यो सानो निम्न बर्गिय गजल प्रकाशन गरेको छु कृपया उचित मुल्याँकन सहित सुझाबको अपेक्षा गर्दछु ।

Friday, March 5, 2010
'क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा
नन्दलाल आचार्य
सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना हो । धेरै दुःख पछिको थोरै सुख पनि अमृत बन्छ । लामो समयसम्म कहर काटेपछि मनमा नौलानौला रहर जाग्छन् । ती रहर पूरा भए मान्छे गमक्क पर्छ, पूरा नभए भाँडभैलो गर्न तम्सला कि भन्ने त्रास हुन्छ । कलिलो मुनालाई निमोठ्न सजिलो हुन्छ । त्यो मुना जति कलिलो देखिन्छ, त्यति आशलाग्दो भविष्यको जलपले उज्ज्वल भेटिन्छ । कहर पछिको रहर ‘चाडै काम पाइयोस्, चाडै सुविस्थाको माम पाइयोस्’ भन्ने हुन्छ । ‘तातै खाऊँ जलि मरूँ’ पनि नहोला भन्न सकिन्न । हेक्का राख्न नसके हात परेको फल पनि गुम्न सक्ने अवस्था हुन्छ । नाम नै गुमनाम हुन सक्छ । शिष्टता देखिनुपर्ने ठाउँमा अशिष्टता प्रदर्शित हुन सक्छ । राम्रो र हाम्रोको भावना मरेर यत्ति मेरो यत्ति तेरो त्यत्तिको भावना उम्रन सक्छ । खुशीको आँसुको सट्टा दुःखको आँसु टल्पलिन सक्छ । मनमा शितलताको वास हुनुको सट्टा मनमा बेचैनीको निवास हुन सक्छ । धेरे कुराहरू आउँछन् । मीठामीठा हातबाट उम्कन्छन् भने तीतातीता वरवर रहन्छन् । तिनै तीतातीता कुराहरूले घेरेर फेरि अर्को खालको कहरको बाटो तयार हुन्छ । त्यस बाटोका पदयात्री हामी सबैले हुनुपर्छ । रक्तमुच्छेल भएर यात्रा सबैले गर्नुपर्छ । पश्चात्तापका आँसु त्यत्तिखेर बग्न सक्छन् । समय हातबाट फुत्किसकेको हुनेछ । पश्चात्तापले जल्नु र गल्नु सिवाय हामीसँग अर्थोक केही रहन्न । ‘बिग्रेको मान्छेको भत्केको घर भत्केपछि केको डर’ भन्ने अल्पदृष्टि जन्मन सक्छ । इज्जत गुम्न सक्छ, नाम हराउन सक्छ, यात्रा दुःखदायी अपुरो र अधुरो हुन सक्छ । र, पुनः पीडादायी अध्याय उल्टन सक्छ । त्यस्तै विदेशमा रहँदा हुने आफ्नोपनको अभाव र पीडालाई गीतका थुँगामा उनेर हुदय छुने भाव प्रेषण गर्ने काम गीतमा भएको छ ।

Monday, November 30, 2009
तिम्रो माया अझै पनि मटुभित्र छ प्रिय
हृदयको हर पानामा तिमै चित्र छ प्रिय ।।
भुगोल झैँ घुमिरहने मेरो यो मस्तिष्कमा
तिम्रै अटुट स्मृति अनि तिम्रै चित्र छ प्रिय ।।
तिमी के सम्झन्छौ त्यो मलाई थाहा भएन
तर मेरो माया निर्मल जलसरी पवित्र छ प्रिय ।।
एकपटक शत्रुवत सोच परिवर्तन गरी त हेर
मेरो जस्तै संसारमा जताततै मित्रता छ प्रिय ।।

Sunday, November 22, 2009
अन्लाईन मित्रता
बेलुकीको ७ बजेको थियो । ईन्टरनेटमा मस्त तरिकाले च्याटिङमा व्यस्त थिएँ । फेश बुक ,हटमेल ,गूगल अनी याहू गरेर चार तिर भ्याइ-नभ्याइ थियो । यसै क्रममा मेरो आँखा फेश बुकको एक फोटोमा पर्यो । त्यस पछी मैले त्यस फोटोमा प्रतिकृया लेखे । त्यस्को जवाफ आयो । मैले साथीबन्नको लागि रिक्वेस्ट पनि गरे त्यसको एक,दुई दिन पछी त्यो पनि स्वीकार गरेको पाए । मैले उनको व्यक्तिगत विवरण इन्फो भन्ने ट्यावमा क्लिक गरे त्यस पछी मैले उनको सम्पूर्ण व्यक्तिगत विवरण वारे जान्ने अवसर पनि पाए । त्यस पछी त्यहाँ वाट मैले उनको ईमेल र मोबाईल नम्बर पनि थाहा पाए । अनी मैले उनको ईमेल आइ डि लाई गूगल अकाउन्ट को मेरो ईमेल म लगेर जोडें। त्यस्पछीका दिन हरुमा मेरो र उनको प्राय फेश बुक अनी गूगल टल्क मार्फत भेट भै रहन्थ्यो ।अनी आ-आफ्नो बिबिध व्यक्तिगत कुरा अनी परिवारको बारेमा पनि कुराहरु भइ रहन्थ्यो । यसै गरी एक-दुइ गर्दा गर्दै धेरै दिन वा एक हप्ता बितिसकेको थियो । म प्राय: फुर्सदिलो थिए । त्यसैले मेरो काम फुर्सद्को समयमा ईन्टरनेटमा बसेर नयाँ समाचार हेर्ने देश-विदेशका साथीहरु सँग कुरा गर्ने थियो । त्यसैले गर्द फुर्सदको समयलाई सदुपयोग गर्न भनेर मैले एउटा ब्लग पेज पनि सन्चालन गरेको थिए ।
Subscribe to:
Posts (Atom)