सम्झना आउछ भाइटिकाको, म घरमा छैन नानु
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।
बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।
सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।
यसपालीको तिहारमा भाइटिका लाउन सकिन बैनी
रमाइलो त्यो पल अनी हाँसो खुशीको मिलन पनि ।
चाहेर पनि यो मनले,आउन सकिन बैनी
अन्धकार रातमा घरको उज्यालो बनी छाउन सकिन बैनी ।
तिहारको रमझम अनि देउसी,भैलीको झझल्को आउदछ
हरेक रात बिहान घरको यादले सताउदछ ।
सफल रहोस तिम्रो अध्ययन सफल रहुन् चाहना
यहि छ दिपावलीको यस परदेशी दाजुको तर्फबाट अनगिन्ती शुभकामना ।।
बिनोद कुमार रिजाल "ब्रजेश "
रूपनगर-७ , सप्तरी
सगरमाथा
हाल: दोहा, कतार
Friday, October 16, 2009
Subscribe to:
Post Comments (Atom)
सुधार गर्न सकिने ठाउँहरु रहँदा रहँदै पनि ,विदेशिनु पर्ने पिडा र तिहारको सम्झनाले कवितलाई निकै भावपूर्ण बनाएको छ ।
ReplyDeleteमिठो कविताको लागि धन्यवाद र तिहारको शुभकामना !!!