गजल
थोरै-थोरै गरी धेरै माया तिम्रोलागी संचिराछू ।
पल- पल हर पल तिम्रै लागी बांचिराछू ॥
यदि तिमी सक्छौ भने मलाई सम्झी बसी राख ।
मेरो याद आयो भने तस्बीर हेरी हाँसी राख ॥
तिम्रो हृदयको कुनामा तिम्ले मलाई नपाउँदा ।
मेरो घर आउने बाटो सँधैभरी ताकिराख ॥
तिम्रो मान्छे टाढा अहिले कतै गएको बेला ।
तिम्रो मनमा भोटे ताल्चा ले थुनी राख ॥
म कही भन्दिन गल्ती मेरो पनि भएको होला ।
सक्छौ भने तिम्रो मनमा मेरो लागी माफी राखीराख ॥
बिनोद कुमार रिजाल "ब्रजेश"
रूपनगर - 7 ,सप्तरी
हाल : दोहा ,कतार ।
सन् २०२५ लाई फर्केर हेर्दा….देश जलेको र व्यक्तिगत निराशाको वर्ष
-
सन् २०२५ आजदेखि सकिएको छ। यो वर्ष देशै जल्यो। व्यक्तिगत रुपमा पनि यो वर्ष
मलाई खासै राम्रो भएन। माइसंसारमा त सेप्टेम्बर १७ यता अर्थात् १०५ दिनपछि
पहिलो पटक...
2 days ago