नियतीको खेल हो कि आफन्तको झेल भनौं
जिन्दगीमा नसोचेको आपत्-बिपद आइ पर्यो । ।
धन कमाई सपनाहरु पुरा गर्ने लक्ष्यहरु कयौ
लक्ष्य पुरा गर्न खोज्दा बज्रसरी चोट पर्यो । ।
आफ्नो मान्छे आफ्नो हुन्छ भन्ने सोची काम गर्दा
झुटा लान्छना पहिराउने खै के कसुर खास पर्यो । ।
संघर्षशिल जिन्दगीका चुनौती हरु स्वीकार गर्दा
झुट्को खेती गरि-गरी सकेसम्म गर्नु गर्यो । ।
हरेक समस्या सँग जुधी आफ्नो लक्ष्य हावी हुँदा
दुःख सँगको बाजी जिती सुखमय आभास पर्यो । ।
दुःख पीडा दर्द मात्रै जिन्दगीमा आइ पर्दा
रतिपनी अबिचलित भै 'बिनोद' ले पार तर्यो । ।
नोट्: लामो समयको अन्तरालमा मेरो यो सानो निम्न बर्गिय गजल प्रकाशन गरेको छु कृपया उचित मुल्याँकन सहित सुझाबको अपेक्षा गर्दछु ।
सन् २०२५ लाई फर्केर हेर्दा….देश जलेको र व्यक्तिगत निराशाको वर्ष
-
सन् २०२५ आजदेखि सकिएको छ। यो वर्ष देशै जल्यो। व्यक्तिगत रुपमा पनि यो वर्ष
मलाई खासै राम्रो भएन। माइसंसारमा त सेप्टेम्बर १७ यता अर्थात् १०५ दिनपछि
पहिलो पटक...
2 days ago