Saturday, September 5, 2009

गजल

गजल

अली अली गर्दै छिमेकीले साध मिच्ने गरेका छन

हाम्रो आफ्नो मातृभूमीमा आइ सधैं किच्ने गरेका छन ।


साध मिची मिचीकन टिस्टा-काङगडा खाएकै हुन

हाम्रो किल्लाको पानी थुन्न मुहान पनि धाएकै हुन ।

साध मिच्ने क्रममा सुस्ता पनि मिचीरा छन

हरेक कुरामा हाम्रो देशलाई चारै तिरबाट थिचीरा छन ।


हाम्रो आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्ने गरेका छन

अलिकती अलिकती दिनै पिच्छे सीमा मिच्ने गरेका छन ।

सधियारको सीमा भन्दा कहिले बाहिर नजाउ तिमी

सधैं भरी यस्तै गरे हाम्रो चिउरा खाउला तिमी ।


ठुला बढा भनौदाहरु कुर्सीको लागि लडिरा छन

हाम्रो आफ्नो शत्रु छिमेकी सधैं अघी बढीरा छन ।

कुर्सीको लागि लागि लड्नेहरु देशको लागि पनि सोच्ने

गरनत्रभय हामी जनता चुप लागि बस्ने छैनौ ।

खबरदार ! छिमेकीहरु अब देखी घुरी

हेरेहामी आफ्नो आफ्नो देशको लागि चुप लागि बस्ने छैनौ ।


निर्धो भनी हेपेर होला यस्तो गर्ने गरेका होलाउ

वीर गोर्खालीका सन्तान हौ हामी पनि काम छैनौ ।


परी आए डटी लड्छौ पछी कहिले हट्ने

छैंनौआफ्नो भु-भाग मिच्या हेरी चुप कहिले बस्ने छैनौ ।

No comments:

Post a Comment

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out