नियतीको खेल हो कि आफन्तको झेल भनौं
जिन्दगीमा नसोचेको आपत्-बिपद आइ पर्यो । ।
धन कमाई सपनाहरु पुरा गर्ने लक्ष्यहरु कयौ
लक्ष्य पुरा गर्न खोज्दा बज्रसरी चोट पर्यो । ।
आफ्नो मान्छे आफ्नो हुन्छ भन्ने सोची काम गर्दा
झुटा लान्छना पहिराउने खै के कसुर खास पर्यो । ।
संघर्षशिल जिन्दगीका चुनौती हरु स्वीकार गर्दा
झुट्को खेती गरि-गरी सकेसम्म गर्नु गर्यो । ।
हरेक समस्या सँग जुधी आफ्नो लक्ष्य हावी हुँदा
दुःख सँगको बाजी जिती सुखमय आभास पर्यो । ।
दुःख पीडा दर्द मात्रै जिन्दगीमा आइ पर्दा
रतिपनी अबिचलित भै 'बिनोद' ले पार तर्यो । ।
नोट्: लामो समयको अन्तरालमा मेरो यो सानो निम्न बर्गिय गजल प्रकाशन गरेको छु कृपया उचित मुल्याँकन सहित सुझाबको अपेक्षा गर्दछु ।
इरानले जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण
-
इरान र अमेरिकाबीचको युद्ध 'बिरालो र मुसाको खेल' जस्तै भएको छ। युद्धविराम
धेरै पटक तोडिएको छ। अमेरिकाद्वारा आफ्नो हेलिकप्टर खसालिएको बदलामा इरानमा
आक्रमण गर...
1 day ago
No comments:
Post a Comment