सधैं नाङो पिठयु देखाएर कती बाच्नु
सधैं पिडा लुकाएर कती हास्नु ।
अभावले पिल्सियर पेरुङो झै हुँदा
खान नभै कहिले काही पेट कुइ कुइ गरी रुदा ।
दु:ख अरुलाई कहिले भन्दैनन मानिसले बरु
यस्तो कारुणिक मर्महरु कसरी भन्छन तरु ।
यस्तो-यस्तो दर्द हरु मन भरी हुँदा
सम्झाउने कोही हुन्नन मन धेरै रुदा ।
जस्तो-तस्तो ब्यथा हरु कसैले बुझ्दैनन
यदी बुझे भने पनि सहयोग गर्ने हैनन ।
यस्तै-यस्तै समस्यामा जकडिदा खेरी
मार्ने गर्छन् कती फन्को अरुको देश फेरी ।
शिक्षा हुन्न,स्वास्थ हुन्न,मान सम्मान हुन्न
न त राम्रो सुबिधा हुन्छ, केही पनि राम्रो हुन्न ।
प्रतिस्पर्धामा तिनिहरु कहिले माथि जाने हैनन
तिनिहरुले अरुलाई कहिले पनि छुन्नन ।
विनोद कुमार रिजाल
रूपनगर- ७ ,सप्तरी
हाल : दोहा ,कतार
No comments:
Post a Comment