Sunday, August 30, 2009

खुलापत्र :

खुलापत्र तथा केही प्रश्नहरु :
सम्माननीय देशद्रोही उपरास्ट्रपति ज्यू ,
देशद्रोही उपरास्ट्रपतिको कार्यालय
नेपाल ।
शपथ बदर भईसकेपछि परमानन्द झाको हैसियत कानूनी रुपमा उपराष्ट्रपति छ की छैन भन्नेमा हामी लाई शंका लागेको छ । संपूर्ण राष्ट्र प्रेमी जनसमुदायको मनमा चोट लागेको छ। किनकी उपराष्ट्रपति जस्तो गरिमामय पदमा बसेको भू:पु न्यायाधीस जस्तो मान्छेले पनि देशको मूल-कानुनको अपहेलना गरी एक विदेशी दलालको भूमिका निर्बाह गर्दै हिजो सम्म अरुलाई कानुनको पाठ सिकाउँदै हिड्ने मान्छेले एस्तो स्थानमा आइपुग्दा यही गर्छ भनेर । तर जसरी सर्वोच्चले शपथ बदर गरिदिएको छ, त्यसरी नै परमानन्द झाले त्यो फैसलालाई बदर गरिदिएकाछन ।उनले सर्वोच्चको आदेश पालना नगर्ने खुला रुपमा घोषणा नै गरेका छन। के यही हो त लोकतांत्रिक परिपाटीको मूल्य र मान्यता ? के यही हो त आफ्नो ज्यानको समेत परवाह नगरी रगतको खोलो बगाउने शहीदको सपना ? के यही हो त जनताले चाहेको वास्तबिक लोकतंत्र ? के यही हो त सर्बोच्च अदालत जस्तो गरिमामय संस्थाको आदर ? अब जनताले कुन आधारले उपराष्ट्रपतिको मान्यता दिने ? माथीको संपूर्ण प्रश्नको जवाफ सोचनीय छ भन्दा अतियुक्ती नहोला । आज आयोजित एकतर्फी पत्रकार सम्मेलनमा उनले आफूले राजीनामा पनि नदीने र अदालतको आदेश पनि नमान्ने बताए । एकतर्फी यो अर्थमा की उनले पत्रकारहरूले सोध्न खोजेका कुनै प्रश्नको जवाफ दिएनन र जालझेल गरेर नेपाली भाषामा शपथ नलिने कुरा उनले प्रष्ट रुपमा नै बताएका छन । प्रश्न उठ्छ , कानूनी राज्य मान्ने हो भने कानुनको व्याख्या गर्ने सर्वोच्च अदालतको फैसला मान्दीन भनेर सार्वजनिक रुपमा भन्न पाईन्छ की पाइन्न? के कानून भनेको ठूलालाई मात्र नलाग्ने र सानालाई मात्र लाग्ने विषय हो ? सर्वोच्चको आदेश पालन गर्दिनँ भन्ने उपराष्ट्रपतिका यत्तिकै नकारात्मक कुरा पनि आएका छन । त्यसैले होसियार यस्तै जनभावना बिरोधी ब्यक्ति हरुले नै देश बिदेशी दलालको फन्दामा सुम्पिन्छं । आजै देखि यस्ता तत्व विरुद्ध आवाज उठाओं ।
धन्यवाद ।
नेपाल र नेपालीको जय होस ।

No comments:

Post a Comment

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out