तिम्रो माया अझै पनि मटुभित्र छ प्रिय
हृदयको हर पानामा तिमै चित्र छ प्रिय ।।
भुगोल झैँ घुमिरहने मेरो यो मस्तिष्कमा
तिम्रै अटुट स्मृति अनि तिम्रै चित्र छ प्रिय ।।
तिमी के सम्झन्छौ त्यो मलाई थाहा भएन
तर मेरो माया निर्मल जलसरी पवित्र छ प्रिय ।।
एकपटक शत्रुवत सोच परिवर्तन गरी त हेर
मेरो जस्तै संसारमा जताततै मित्रता छ प्रिय ।।
सधैँ राम्रा कथा
-
गजलबहर : हजज मुसम्मन सालिमअर्कान : मुफाईलुन् , मुफाईलुन् , मुफाईलुन् ,
मुफाईलुन्वजन : १२२२ - १२२२ - १२२२ - १२२२काफिया : अनरदिफ : भएका छन्यता
सुन्दा सधैँ र...
3 days ago