कसरी काम गर्नुपर्छ
सिकाउनु पर्दैन जनतालाई
कसले के गर्दै छ
भन्नु पर्दैन जनतालाई
आफ्नो अधिकार
आँफै खोज्छ जनता
आफ्नो हक आँफै खोज्छ जनता ।
जनता शान्तिपुर्वक
बस्न चाहन्छन
देशमा शान्ति आएको
हेर्न चाहन्छन
जनता कसैको नजरमा
राम्रा हुन्छन भने
कसैको नजरमा
नराम्रा हुन्छन
जनता विना कारण
कसैको कुभलो ताक्दैनन
गल्ती गर्नेलाई
बाँकीं पनि राख्दैनन ।
जनता राष्ट्रका
स्रोत हुन,सत्ताका हकदार पनि
त्यसैले जनताको
काम गर्न ढिला गर्नेलाई
बाँकी पनि राख्न चाहँदैन जनता
जनताको काम गर्न
ढिला गर्नुहुन्न
जनतालाई अन्धकारमा राखेर
आफ्नो दुनो सोझ्याउनेलाई
बाँकी राख्न चाहँदैनन जनता
जस्तासुकै ईतिहास पनि
उल्टाइदिन्छ जनताले
त्यसैले हरेक दिन,हरेक रात
हरेक बिहान्,हरेक प्रहर
खबरदारी गर्न बसिरहेछन
देशको नयाँ कानुनको आशमा
देशले नयाँ गती पाउने
उमँगको साथमा ।
तर जनताको भावनालाई लात मारेर
जनताको आँखामा छारो हानेर
मोज मस्तीमा रम्ने
जनभावनामा खेलवाड गर्नेलाई
त्यसै बाँकी राख्न चाहँदैन जनता
खबरदार! जनभावना लाई
आत्मसात हैन लात हान्ने
प्रब्रितीका मानव रुपी राक्षसहरुलाई
समयमा संबिधान बनाउन
कुर्सिको लागि तानतान् गर्ने
पैसाको लागि मरिमेट्ने
सधैं कहिले आन्दोलन
कहिले चक्काजाम अनी कहिले
बन्दको नाममा जनतालाई नचलाऊ
जनता अरिङ्गालको गोलो हो
देशको निम्ती जे गर्न पनि पछी नहत्ने
खहरे जस्तो क्षणिक हैन
दुधकोशी जस्तै अबिरल बग्ने नदी हो ।
होसियार ! होसियार!! होसियार !!
बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार
Baahubali Review (To Be Continued...)
-
*Motivation: The Power of Purpose and Love*
One of the most memorable sequences in *Baahubali: The Beginning* is
Mahendra Baahubali's attempt to climb the...
22 hours ago