Sunday, September 27, 2009

शुभकामना


टिका होस् निधारमा,जमरा होस् कानमा,सुख होस् परिवारमा, शान्तीहोस् देशमा ,दसैं मा खुशी को बास होस् सत्रु को नाश होस्,हरेक परिक्षामा पास होस्,सुन चाँदीको रास होस्,पुरा होस् मनोकामना,यही छ विजयादशमी 2066 को सुखद उपलक्ष्यमा संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी-बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बिजयादशमीको पावन अवसरमा तपाईंको सु-स्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु । नवदुर्गा भवानीले सबै बाधाको नाश गरुन। हाम्रो सम्बन्ध सधैं सुमधुर रहोस् ।


विनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार

Sunday, September 20, 2009

गजल

( शुभकामना बिजयादशमीको  )

दशै हाम्रो महान चाड हाँसी-खुसी मनाउनु पर्छ

आफन्त-आफन्तमा सधैं भरी भात्रीप्रेम जगाउनुपर्छ ।।


हराएको खुशी हाम्रो फेरिपनी ल्याउनुपर्छ

धेरै लामो समय भेट नभएका आफन्तलाई आनन्दले भेट्नुपर्छ ।।


फेरी पनी हजुरहरुको खुसियाली आओस यही मेरो चाहना

सधैं भरी हाँसीखुसी रहनुहोस् यही मेरो कामना ।।

शुभकामना !

शुभकामना छ हजुरलाई बडा दशैको

हाँसीखुसी रहनुहोस् यही छ शुभकामना कसैको ।

दिर्घायु,सुख र शान्तिले सधैं हजुरको मनमा बास पाओस

सधैंभरी हजुरको परिवारमा खुसीयाली छाओस ।

हराउन सारा दु:ख कस्टहरु सत्रुसबै नाश हुन

हरपल हरक्षण हजुरको सबै परिवार एकैसाथ रहुन ।

समाजमा हजुरको सधैं भरी राम्रो-राम्रो कुरा हओस

परिवारमा सधै सधै सुख,शान्ति र खुसीयाली रहोस ।

हजुरको परिवारमा सधैं भरी खुसियाली छाओस

दु:खले कहिलै प्रवेश नपावस ।

मान्यजनको आशि़सले पुरा होस कामना

सधैं भरी सफल रहोस् ,जिन्दगी उच्च रहोस् हजुरको भावना

यही छ शुभ बिजयादशमी २०६६ सालको हार्दिक मंगलमय शुभकामना ।



बिनोद कुमार रिजाल

रूपनगर-७ ,सप्तरी ,सगरमाथा नेपाल ।

हाल : दोहा ,कतार

Saturday, September 5, 2009

गजल

गजल

सधैं नाङो पिठयु देखाएर कती बाच्नु

सधैं पिडा लुकाएर कती हास्नु ।


अभावले पिल्सियर पेरुङो झै हुँदा

खान नभै कहिले काही पेट कुइ कुइ गरी रुदा ।


दु:ख अरुलाई कहिले भन्दैनन मानिसले बरु

यस्तो कारुणिक मर्महरु कसरी भन्छन तरु ।


यस्तो-यस्तो दर्द हरु मन भरी हुँदा

सम्झाउने कोही हुन्नन मन धेरै रुदा ।


जस्तो-तस्तो ब्यथा हरु कसैले बुझ्दैनन

यदी बुझे भने पनि सहयोग गर्ने हैनन ।


यस्तै-यस्तै समस्यामा जकडिदा खेरी

मार्ने गर्छन् कती फन्को अरुको देश फेरी ।


शिक्षा हुन्न,स्वास्थ हुन्न,मान सम्मान हुन्न

न त राम्रो सुबिधा हुन्छ, केही पनि राम्रो हुन्न ।


प्रतिस्पर्धामा तिनिहरु कहिले माथि जाने हैनन

तिनिहरुले अरुलाई कहिले पनि छुन्नन ।

विनोद कुमार रिजाल

रूपनगर- ७ ,सप्तरी

हाल : दोहा ,कतार

गजल

गजल

अली अली गर्दै छिमेकीले साध मिच्ने गरेका छन

हाम्रो आफ्नो मातृभूमीमा आइ सधैं किच्ने गरेका छन ।


साध मिची मिचीकन टिस्टा-काङगडा खाएकै हुन

हाम्रो किल्लाको पानी थुन्न मुहान पनि धाएकै हुन ।

साध मिच्ने क्रममा सुस्ता पनि मिचीरा छन

हरेक कुरामा हाम्रो देशलाई चारै तिरबाट थिचीरा छन ।


हाम्रो आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्ने गरेका छन

अलिकती अलिकती दिनै पिच्छे सीमा मिच्ने गरेका छन ।

सधियारको सीमा भन्दा कहिले बाहिर नजाउ तिमी

सधैं भरी यस्तै गरे हाम्रो चिउरा खाउला तिमी ।


ठुला बढा भनौदाहरु कुर्सीको लागि लडिरा छन

हाम्रो आफ्नो शत्रु छिमेकी सधैं अघी बढीरा छन ।

कुर्सीको लागि लागि लड्नेहरु देशको लागि पनि सोच्ने

गरनत्रभय हामी जनता चुप लागि बस्ने छैनौ ।

खबरदार ! छिमेकीहरु अब देखी घुरी

हेरेहामी आफ्नो आफ्नो देशको लागि चुप लागि बस्ने छैनौ ।


निर्धो भनी हेपेर होला यस्तो गर्ने गरेका होलाउ

वीर गोर्खालीका सन्तान हौ हामी पनि काम छैनौ ।


परी आए डटी लड्छौ पछी कहिले हट्ने

छैंनौआफ्नो भु-भाग मिच्या हेरी चुप कहिले बस्ने छैनौ ।

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out