Monday, November 30, 2009

uhn

ltdf] dfof cem} klg d6'leq 5 lko

Åbosf] x/ kfgfdf ltd} lrq 5 lk|o ..

e'uf]n e}+m 3'ld/xg] d]/f] of] dl:tisdf

ltd|} c6'6 :d[lt clg ltd|}} lrq 5 lk|o ..

ltdL s] ;DemG5f} Tof] dnfO{ yfxf ePg

t/ d]/f] dfof lgd{n hn;/L kljq 5 lk|o ..

Psk6s zq'jt ;f]r kl/jt{g u/L t x]/

d/f] h:t} ;+;f/df htftt} ldqtf 5 lk|o ..

Sunday, November 22, 2009

अन्लाईन मित्रता

बेलुकीको ७ बजेको थियो । ईन्टरनेटमा मस्त तरिकाले च्याटिङमा व्यस्त थिएँ । फेश बुक ,हटमेल ,गूगल अनी याहू गरेर चार तिर भ्याइ-नभ्याइ थियो । यसै क्रममा मेरो आँखा फेश बुकको एक फोटोमा पर्‍यो । त्यस पछी मैले त्यस फोटोमा प्रतिकृया लेखे । त्यस्को जवाफ आयो । मैले साथीबन्नको लागि रिक्वेस्ट पनि गरे त्यसको एक,दुई दिन पछी त्यो पनि स्वीकार गरेको पाए । मैले उनको व्यक्तिगत विवरण इन्फो भन्ने ट्यावमा क्लिक गरे त्यस पछी मैले उनको सम्पूर्ण व्यक्तिगत विवरण वारे जान्ने अवसर पनि पाए । त्यस पछी त्यहाँ वाट मैले उनको ईमेल र मोबाईल नम्बर पनि थाहा पाए । अनी मैले उनको ईमेल आइ डि लाई गूगल अकाउन्ट को मेरो ईमेल म लगेर जोडें। त्यस्पछीका दिन हरुमा मेरो र उनको प्राय फेश बुक अनी गूगल टल्क मार्फत भेट भै रहन्थ्यो ।अनी आ-आफ्नो बिबिध व्यक्तिगत कुरा अनी परिवारको बारेमा पनि कुराहरु भइ रहन्थ्यो । यसै गरी एक-दुइ गर्दा गर्दै धेरै दिन वा एक हप्ता बितिसकेको थियो । म प्राय: फुर्सदिलो थिए । त्यसैले मेरो काम फुर्सद्को समयमा ईन्टरनेटमा बसेर नयाँ समाचार हेर्ने देश-विदेशका साथीहरु सँग कुरा गर्ने थियो । त्यसैले गर्द फुर्सदको समयलाई सदुपयोग गर्न भनेर मैले एउटा ब्लग पेज पनि सन्चालन गरेको थिए ।

Tuesday, November 10, 2009

गजल


टुक्रा-टुक्रा हुने भो देश, भाग बन्डा गर्दैछन रे
कोही भने भाग नपाई,आन्दोलनमा लड्दैछन रे ।।

देशमा शान्ती ल्याउने निहुँमा, रक्तकुन्ड बगेको थ्यो
सबै कुरा बिर्सी अहिले, आन्दोलनमा फस्दैछन रे ।।

देशको सीमा धमाधम,चारैतिर मिचिन्दै छ रे
दिउसै छिमेकी देशका सेना,हाम्रो ईलाकामा पस्दैछन् रे ।।

आफ्नो स्वार्थ सिद्ध गर्न,सोझा जनता उक्साएर
राजनेताहरु निर्धक्क, छाती फुलाई बस्दैछन् रे ।।

गाउँघर चारै तिर दिउसै डाँका पस्दैछन् रे
सोझा-सिधा गाउँलेहरु, भुमरीमा फस्दैछन रे ।।

जता-ततै अशान्तीको, कालो बादल मडा-या देखी-देखी
रक्त पिपासु नेता चुप-चाप, कुर्सी माथि बस्दैछन् रे ।।

बिनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार



Friday, November 6, 2009

जनता

कसरी काम गर्नुपर्छ
सिकाउनु पर्दैन जनतालाई
कसले के गर्दै छ
भन्नु पर्दैन जनतालाई
आफ्नो अधिकार
आँफै खोज्छ जनता
आफ्नो हक आँफै खोज्छ जनता ।

जनता शान्तिपुर्वक
बस्न चाहन्छन
देशमा शान्ति आएको
हेर्न चाहन्छन
जनता कसैको नजरमा
राम्रा हुन्छन भने
कसैको नजरमा
नराम्रा हुन्छन
जनता विना कारण
कसैको कुभलो ताक्दैनन
गल्ती गर्नेलाई
बाँकीं पनि राख्दैनन ।

जनता राष्ट्रका
स्रोत हुन,सत्ताका हकदार पनि
त्यसैले जनताको
काम गर्न ढिला गर्नेलाई
बाँकी पनि राख्न चाहँदैन जनता
जनताको काम गर्न
ढिला गर्नुहुन्न
जनतालाई अन्धकारमा राखेर
आफ्नो दुनो सोझ्याउनेलाई
बाँकी राख्न चाहँदैनन जनता
जस्तासुकै ईतिहास पनि
उल्टाइदिन्छ जनताले
त्यसैले हरेक दिन,हरेक रात
हरेक बिहान्,हरेक प्रहर
खबरदारी गर्न बसिरहेछन
देशको नयाँ कानुनको आशमा
देशले नयाँ गती पाउने
उमँगको साथमा ।

तर जनताको भावनालाई लात मारेर
जनताको आँखामा छारो हानेर
मोज मस्तीमा रम्ने
जनभावनामा खेलवाड गर्नेलाई
त्यसै बाँकी राख्न चाहँदैन जनता
खबरदार! जनभावना लाई
आत्मसात हैन लात हान्ने
प्रब्रितीका मानव रुपी राक्षसहरुलाई
समयमा संबिधान बनाउन
कुर्सिको लागि तानतान् गर्ने
पैसाको लागि मरिमेट्ने
सधैं कहिले आन्दोलन
कहिले चक्काजाम अनी कहिले
बन्दको नाममा जनतालाई नचलाऊ
जनता अरिङ्गालको गोलो हो
देशको निम्ती जे गर्न पनि पछी नहत्ने
खहरे जस्तो क्षणिक हैन
दुधकोशी जस्तै अबिरल बग्ने नदी हो ।
होसियार ! होसियार!! होसियार !!


बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी
सगरमाथा,नेपाल
हाल: दोहा,कतार

Tuesday, October 27, 2009

हरेक दिन तिम्रो नाम,लिई गीत गाउँछु
हरेक बिहान प्रकाश बनी,तिमीमा म छाउछु ।।

दिवास्वप्न देख्छु म,तिमी सँग घुमेको
तिमी सँगै गाएको,तिमी सँगै भुलेको ।।

हरेक रातहरुमा,राति अबेर सम्म
जहाँ हुन्छ एकान्त,अनी सुनसान ।।

हरेक पल हरेक क्षण,तिम्रो यादमा हुन्छु म
तिमी म सँग नहुँदा,सुँक्क-सुँक्क रुन्छु म ।।

बिनोद कुमार रिजाल
रूपनगर-७, सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार