सम्झना आउछ भाइटिकाको, म घरमा छैन नानु
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।
बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।
सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।
Friday, October 16, 2009
महाकवी देवकोटा र नेपाली साहित्य
नेपाली साहित्याकाशमा लगभग २५० वर्ष अघिको अवधि सम्म पुग्न सकिन्छ । यस अवधिमा नेपाली साहित्यको बगैँचामा थुप्रै मालीहरु देखापरे र साहित्य-बँगैचालाई यथाशक्य गोडमेल र मलजल गरे । त्यस्तै साहित्यिक मालीहरुमध्ये विक्रमको बीसौँ शाताब्दीको उत्तरार्धतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा देखापरे । यिनै साहित्यका विराट् र अद्भुत प्रतिभाका बारे चर्चा गर्ने यहाँ जमर्को गरेको छु ।
जन्म र बाल्यकाल
गोर्खाबाट काठमाडौँ आएर बसोबास गर्न थालेको देवकोटा वंशमा विसं १९६६ साल कार्तिक २७ गते शुक्रबार एउटा बालकको जन्म भयो र तिहारको लक्ष्मीपूजाका दिन जन्मेको हुनाले उक्त बालकको नाम लक्ष्मीप्रसाद राखियो । पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा जन्मेका लक्ष्मीप्रसादको नक्षत्रअनुसार न्वारानको नाम तीर्थमाधव भए पनि धनकी देवी लक्ष्मीको प्रसाद ठानेर लक्ष्मीप्रसाद नै भन्न थालियो र यसै नामबाट उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने ताराका रुपमा चम्किइरहेका छन् । बाल्यावस्थामा देवकोटा एकहोरो स्वभावका थिए । देवकोटा जन्मेको समयमा काठमाडौँमा त्यतिका घरहरु थिएनन् । वरिपरिको खुला प्राकृतिक वातावरणमा चाहारेर उनी घण्टौँ बिताउँथे । दिपावलीको शुभकामना ।
नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई २०६६ सालको शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
Subscribe to:
Posts (Atom)