Tuesday, October 27, 2009

हरेक दिन तिम्रो नाम,लिई गीत गाउँछु
हरेक बिहान प्रकाश बनी,तिमीमा म छाउछु ।।

दिवास्वप्न देख्छु म,तिमी सँग घुमेको
तिमी सँगै गाएको,तिमी सँगै भुलेको ।।

हरेक रातहरुमा,राति अबेर सम्म
जहाँ हुन्छ एकान्त,अनी सुनसान ।।

हरेक पल हरेक क्षण,तिम्रो यादमा हुन्छु म
तिमी म सँग नहुँदा,सुँक्क-सुँक्क रुन्छु म ।।

बिनोद कुमार रिजाल
रूपनगर-७, सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार

Sunday, October 18, 2009

TIHAR : A FESTIVAL OF LIGHTS

Tihar, the festival of lights is one of the most liked and dazzling of all Hindu festivals. Actually In this festival we worships Goddess Laxmi, the Goddess of wealth. During the festival all the houses in the city and villages are decorated with lit oil lamps. Thus during the night the entire village or city looks like a sparkling diamond. This festival is celebrated in five days starting from the thirteenth day of the waning moon in October. We also refer to tihar as 'YamaPanchak' which literally means 'the five days of the underworld lord'. We also worship 'yamaraj' in different forms in these five days. In other words this festival is meant for life and prosperity.

            Goddess Laxmi is the wife of almighty Lord Vishnu. She was formed from the ocean and she has all the wealth of the seas. She sits on a full-grown lotus and her steed is the owl. On the third day of the festival at the stroke of midnight she makes a world tour on her owl looking how she is worshipped.
            There is a story, which tells why this revelry is celebrated so .Once there was a king who was living his last days of life. His astrologer          had told him that a serpent would come and take his life away. The king did not want to die so he has asked the astrologer if there was any way to escape death. The king was advised to sleep with lit oil lamps all around his bed and decorate the palace with oil lamps on laxmi puja day. So goddess laxmi would talk to the serpent not to take his life. It did happen, the serpent was convinced by goddess laxmi. The serpent took the king to Yama Raj and told him that it was not yet the king's time to come to the underworld. So Yama Raj opened his ledger and in it the kings remaining age was written zero, but the serpent cleverly put seven before zero. Thus the king lived for seventy more years. So onwards tihar is widely celebrated worshipping the underworld and goddess laxmi.

Friday, October 16, 2009

कविता

सम्झना आउछ भाइटिकाको, म घरमा छैन नानु
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।

बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।

सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।

महाकवी देवकोटा र नेपाली साहित्य

      
           नेपाली साहित्याकाशमा  लगभग २५० वर्ष अघिको अवधि सम्म पुग्न सकिन्छ । यस अवधिमा नेपाली साहित्यको बगैँचामा थुप्रै मालीहरु देखापरे र साहित्य-बँगैचालाई यथाशक्य गोडमेल र मलजल गरे । त्यस्तै साहित्यिक मालीहरुमध्ये विक्रमको बीसौँ शाताब्दीको उत्तरार्धतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा देखापरे । यिनै साहित्यका विराट् र अद्भुत प्रतिभाका बारे चर्चा गर्ने यहाँ जमर्को गरेको छु ।
जन्म र बाल्यकाल
गोर्खाबाट काठमाडौँ आएर बसोबास गर्न थालेको देवकोटा वंशमा विसं १९६६ साल कार्तिक २७ गते शुक्रबार एउटा बालकको जन्म भयो र तिहारको लक्ष्मीपूजाका दिन जन्मेको हुनाले उक्त बालकको नाम लक्ष्मीप्रसाद राखियो । पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा जन्मेका लक्ष्मीप्रसादको नक्षत्रअनुसार न्वारानको नाम तीर्थमाधव भए पनि धनकी देवी लक्ष्मीको प्रसाद ठानेर लक्ष्मीप्रसाद नै भन्न थालियो र यसै नामबाट उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने ताराका रुपमा चम्किइरहेका छन् । बाल्यावस्थामा देवकोटा एकहोरो स्वभावका थिए । देवकोटा जन्मेको समयमा काठमाडौँमा त्यतिका घरहरु थिएनन् । वरिपरिको खुला प्राकृतिक वातावरणमा चाहारेर उनी घण्टौँ बिताउँथे ।

दिपावलीको शुभकामना ।


नाङ्लोभरि सेल होस् टाउकोभरि तेल होस् घरमा लक्ष्मीको बास होस् खल्तीमा पैसाको रास होस् देउसी भैलो खेल होस् दिदी भाइको मेल होस् सबै कुरा राम्रो होस् यो तिहार एउटा उदाहरणनिय होस्। दीप जस्तो तपाईंको जीवन चम्किरहोस् कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास। सधैं छाहिरहोस तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नुहोस् सामना यही छ मेरो तर्फ बाट तपाईंलाई २०६६ सालको शुभ दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out