Sunday, November 22, 2009

अन्लाईन मित्रता

बेलुकीको ७ बजेको थियो । ईन्टरनेटमा मस्त तरिकाले च्याटिङमा व्यस्त थिएँ । फेश बुक ,हटमेल ,गूगल अनी याहू गरेर चार तिर भ्याइ-नभ्याइ थियो । यसै क्रममा मेरो आँखा फेश बुकको एक फोटोमा पर्‍यो । त्यस पछी मैले त्यस फोटोमा प्रतिकृया लेखे । त्यस्को जवाफ आयो । मैले साथीबन्नको लागि रिक्वेस्ट पनि गरे त्यसको एक,दुई दिन पछी त्यो पनि स्वीकार गरेको पाए । मैले उनको व्यक्तिगत विवरण इन्फो भन्ने ट्यावमा क्लिक गरे त्यस पछी मैले उनको सम्पूर्ण व्यक्तिगत विवरण वारे जान्ने अवसर पनि पाए । त्यस पछी त्यहाँ वाट मैले उनको ईमेल र मोबाईल नम्बर पनि थाहा पाए । अनी मैले उनको ईमेल आइ डि लाई गूगल अकाउन्ट को मेरो ईमेल म लगेर जोडें। त्यस्पछीका दिन हरुमा मेरो र उनको प्राय फेश बुक अनी गूगल टल्क मार्फत भेट भै रहन्थ्यो ।अनी आ-आफ्नो बिबिध व्यक्तिगत कुरा अनी परिवारको बारेमा पनि कुराहरु भइ रहन्थ्यो । यसै गरी एक-दुइ गर्दा गर्दै धेरै दिन वा एक हप्ता बितिसकेको थियो । म प्राय: फुर्सदिलो थिए । त्यसैले मेरो काम फुर्सद्को समयमा ईन्टरनेटमा बसेर नयाँ समाचार हेर्ने देश-विदेशका साथीहरु सँग कुरा गर्ने थियो । त्यसैले गर्द फुर्सदको समयलाई सदुपयोग गर्न भनेर मैले एउटा ब्लग पेज पनि सन्चालन गरेको थिए ।

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out