( शुभकामना बिजयादशमीको )
दशै हाम्रो महान चाड हाँसी-खुसी मनाउनु पर्छ
आफन्त-आफन्तमा सधैं भरी भात्रीप्रेम जगाउनुपर्छ ।।
हराएको खुशी हाम्रो फेरिपनी ल्याउनुपर्छ
धेरै लामो समय भेट नभएका आफन्तलाई आनन्दले भेट्नुपर्छ ।।
फेरी पनी हजुरहरुको खुसियाली आओस यही मेरो चाहना
सधैं भरी हाँसीखुसी रहनुहोस् यही मेरो कामना ।।
भाई-भाइ आपसमा सधैं भरी मेल छाओस
सबैका अनुहारमा खुशीयाली छावस ।।
गरीबले नी पाउन मिठो खान राम्रो लगाउन
कती दु:ख मात्र गर्ने कहिले कही राम्रो पनि होस् न ।।
छुट्टिएका परिवार हरु भेट हुन पाउन
कती बिरहको मात्र गीत गाउने खुसीको पनी गीत गाऊन ।।
चाहेको कुरा पुगीरहोस् पाइलाइहरू,चुमीरहुन सफलताकै शिखर
शत्रु सबै पराजित होउन,दशाहरु टाढा जाउन खुशी होस् मन हजुरको ।।
गाउँ-गाउँमा शान्ती छाओस,खुला होस कालो बादल
खुसियालो छाओस शहरमा,प्रत्येक नेपालीको घर्-घरमा ।।
फेरी पनि नआओस दुखका दिन हरु भन्ने चाहना
यही छ हरेक नेपाली लाई मेरो तर्फ बाट बिजयादशमीको मंगलमय शुभकामना ।।
बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी ,सगरमाथा नेपाल ।
हाल : दोहा ,कतार
यस्तो कथा कहिल्यै सुन्न नपरोस्
-
यस्तो कथा कहिल्यै सुन्न नपरोस्। शीर्षक सुन्दा नै आङ्ग जिंग्रिङ्ग हुने
यस्ता घटना, पूरा समाचार पढ्दा नै जीउ सिङ्गिङ्ग हुन्छ। बच्चाबच्चाका
बाउआमालाई त यो ख...
1 day ago
No comments:
Post a Comment