( शुभकामना बिजयादशमीको )
दशै हाम्रो महान चाड हाँसी-खुसी मनाउनु पर्छ
आफन्त-आफन्तमा सधैं भरी भात्रीप्रेम जगाउनुपर्छ ।।
हराएको खुशी हाम्रो फेरिपनी ल्याउनुपर्छ
धेरै लामो समय भेट नभएका आफन्तलाई आनन्दले भेट्नुपर्छ ।।
फेरी पनी हजुरहरुको खुसियाली आओस यही मेरो चाहना
सधैं भरी हाँसीखुसी रहनुहोस् यही मेरो कामना ।।
भाई-भाइ आपसमा सधैं भरी मेल छाओस
सबैका अनुहारमा खुशीयाली छावस ।।
गरीबले नी पाउन मिठो खान राम्रो लगाउन
कती दु:ख मात्र गर्ने कहिले कही राम्रो पनि होस् न ।।
छुट्टिएका परिवार हरु भेट हुन पाउन
कती बिरहको मात्र गीत गाउने खुसीको पनी गीत गाऊन ।।
चाहेको कुरा पुगीरहोस् पाइलाइहरू,चुमीरहुन सफलताकै शिखर
शत्रु सबै पराजित होउन,दशाहरु टाढा जाउन खुशी होस् मन हजुरको ।।
गाउँ-गाउँमा शान्ती छाओस,खुला होस कालो बादल
खुसियालो छाओस शहरमा,प्रत्येक नेपालीको घर्-घरमा ।।
फेरी पनि नआओस दुखका दिन हरु भन्ने चाहना
यही छ हरेक नेपाली लाई मेरो तर्फ बाट बिजयादशमीको मंगलमय शुभकामना ।।
बिनोद कुमार रिजाल
रूपनगर-७ ,सप्तरी ,सगरमाथा नेपाल ।
हाल : दोहा ,कतार
भोटेकोशी बाढी - नरोकिने आशु को कथा
-
आठ दिनपछि खोजी रोकेर काजक्रियापोर्चुगलमा बिहानको करिब चार बज्न लागेको थियो
। ईश्वर बस्नेत डेढ महिनाको छोरोलाई दुध खुवाउन उठेका थिए । त्यही बेला फोन
आयो । ...
1 day ago
No comments:
Post a Comment