सम्झना आउछ भाइटिकाको, म घरमा छैन नानु
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।
बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।
सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।
यसपालीको तिहारमा भाइटिका लाउन सकिन बैनी
रमाइलो त्यो पल अनी हाँसो खुशीको मिलन पनि ।
चाहेर पनि यो मनले,आउन सकिन बैनी
अन्धकार रातमा घरको उज्यालो बनी छाउन सकिन बैनी ।
तिहारको रमझम अनि देउसी,भैलीको झझल्को आउदछ
हरेक रात बिहान घरको यादले सताउदछ ।
सफल रहोस तिम्रो अध्ययन सफल रहुन् चाहना
यहि छ दिपावलीको यस परदेशी दाजुको तर्फबाट अनगिन्ती शुभकामना ।।
बिनोद कुमार रिजाल "ब्रजेश "
रूपनगर-७ , सप्तरी
सगरमाथा
हाल: दोहा, कतार
बहरबद्ध चार गजल
-
नवराज न्यौपाने ‘मौन’१बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छसंसार देख्न साक्षी
सिङ्गो वसन्त हुन्छसम्बन्ध राख्न जाने टुट्दैन आज वाचासौंन्दर्य बुझ्न सक्दा
प्रीत...
13 hours ago
सुधार गर्न सकिने ठाउँहरु रहँदा रहँदै पनि ,विदेशिनु पर्ने पिडा र तिहारको सम्झनाले कवितलाई निकै भावपूर्ण बनाएको छ ।
ReplyDeleteमिठो कविताको लागि धन्यवाद र तिहारको शुभकामना !!!