नियतीको खेल हो कि आफन्तको झेल भनौं
जिन्दगीमा नसोचेको आपत्-बिपद आइ पर्यो । ।
धन कमाई सपनाहरु पुरा गर्ने लक्ष्यहरु कयौ
लक्ष्य पुरा गर्न खोज्दा बज्रसरी चोट पर्यो । ।
आफ्नो मान्छे आफ्नो हुन्छ भन्ने सोची काम गर्दा
झुटा लान्छना पहिराउने खै के कसुर खास पर्यो । ।
संघर्षशिल जिन्दगीका चुनौती हरु स्वीकार गर्दा
झुट्को खेती गरि-गरी सकेसम्म गर्नु गर्यो । ।
हरेक समस्या सँग जुधी आफ्नो लक्ष्य हावी हुँदा
दुःख सँगको बाजी जिती सुखमय आभास पर्यो । ।
दुःख पीडा दर्द मात्रै जिन्दगीमा आइ पर्दा
रतिपनी अबिचलित भै 'बिनोद' ले पार तर्यो । ।
नोट्: लामो समयको अन्तरालमा मेरो यो सानो निम्न बर्गिय गजल प्रकाशन गरेको छु कृपया उचित मुल्याँकन सहित सुझाबको अपेक्षा गर्दछु ।
कृत्रिम सौन्दर्य
-
ब्रिटिश रियालिटी शो Botched का स्टार, इङ्ल्यान्डको बासिन्दा Jordan James
Parke "Lip King", जसले प्लास्टिक सर्जरीमा $१५०,००० भन्दा बढी खर्च गरेको
रिपोर्ट थि...
3 hours ago