Tuesday, November 10, 2009

गजल


टुक्रा-टुक्रा हुने भो देश, भाग बन्डा गर्दैछन रे
कोही भने भाग नपाई,आन्दोलनमा लड्दैछन रे ।।

देशमा शान्ती ल्याउने निहुँमा, रक्तकुन्ड बगेको थ्यो
सबै कुरा बिर्सी अहिले, आन्दोलनमा फस्दैछन रे ।।

देशको सीमा धमाधम,चारैतिर मिचिन्दै छ रे
दिउसै छिमेकी देशका सेना,हाम्रो ईलाकामा पस्दैछन् रे ।।

आफ्नो स्वार्थ सिद्ध गर्न,सोझा जनता उक्साएर
राजनेताहरु निर्धक्क, छाती फुलाई बस्दैछन् रे ।।

गाउँघर चारै तिर दिउसै डाँका पस्दैछन् रे
सोझा-सिधा गाउँलेहरु, भुमरीमा फस्दैछन रे ।।

जता-ततै अशान्तीको, कालो बादल मडा-या देखी-देखी
रक्त पिपासु नेता चुप-चाप, कुर्सी माथि बस्दैछन् रे ।।

बिनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार



यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out