Saturday, August 29, 2009

केही हाइकुहरु :

परदेशी जीवन
परदेशी हुनुको पीड़ा
देशको दयनीय अवस्था ।

नारा नयाँ नेपालको
सबै पुराना नेताहरु
स्यालले बाघको छालाको खोल ओडे जस्तो ॥

नयाँ संबिधान बनाउने आश्वासन
जनताको पसीना बाट जमेको धुकुटी सक्ने मेलो
त्यसैले यस्तो ढीला गरेका ।।।

वर्तमान सरकार
केही छैन अधिकार
वानरको पुच्छर लौरो न हतियार ।।।।

भत्ता खाएर बसेका सभासद्को संबिधान बनाउने जिम्मा
निर्धारित मिति भित्र संबिधान नबने
सिंहदरबार बाट सबै जनता मिलेर लखेटने छन ।।।।।

बिनोद कुमार रिजाल
रूपनगर,सप्तरी
नेपाल
हाल : दोहा, कतार

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out