Monday, November 30, 2009

तिम्रो  माया अझै पनि मटुभित्र छ प्रिय
हृदयको हर पानामा तिमै चित्र छ प्रिय ।।

भुगोल झैँ  घुमिरहने मेरो यो मस्तिष्कमा
तिम्रै अटुट स्मृति अनि तिम्रै चित्र छ प्रिय ।।

तिमी के सम्झन्छौ त्यो मलाई थाहा भएन
तर मेरो माया निर्मल जलसरी पवित्र छ प्रिय ।।

एकपटक शत्रुवत सोच परिवर्तन गरी त हेर
मेरो जस्तै संसारमा जताततै मित्रता छ प्रिय ।।

4 comments:

  1. भावना मिठो छ!
    गजलको संरचनामा भने धेरै मेहेनत आवश्यक देखिन्छ।

    ReplyDelete
  2. मज्जाको गजल लेख्नु भएछ |

    अब चाहिँ ति प्रियले बुझ्लिन कि !

    ReplyDelete
  3. गजलको संरचनागत बिषयमा खासै जानकारी नभएपनि मलाई पनि केही बोल्न मन लाग्यो ।

    साथीभाईको हिसाबले आफुले देखेको कुरा लेख्दैछु, अन्यथा नलिनु होला, तर यो "गजल" भने अलि भएन है !। मेरो बिचारमा हामीले सधैं "एकदम राम्रो" वा "गज्जब" छ भन्ने मात्रै कमेण्ट दियौं भने यसले सर्जकको परिष्कृत हुने बाटो रोक्छ ।

    बाँकी तपाईको हरफहरुमा गेयात्मकता र मानव संबेदनाका भावहरु भने यथेष्ठ छन भन्न भने करै लाग्छ ।

    ReplyDelete
  4. धन्यवाद सम्पुर्ण प्रतिक्रयाकाे लागी । विषेशगरी दिलिप सरकाे जस्ताे प्रतिक्रयाकाे म सधै अपेक्षा र स्वागत गर्दछु ।

    ReplyDelete

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out