गृहपृष्ठ लघुकथा बिचार कम्प्युटर कुना हास्य व्यङ्ग्य जानकारी भिन्न आयाम संस्मरण,यात्रा धर्म,संस्कृति काव्य मेरो र छिमेकी ब्लगमा

Tuesday, November 10, 2009

गजल


टुक्रा-टुक्रा हुने भो देश, भाग बन्डा गर्दैछन रे
कोही भने भाग नपाई,आन्दोलनमा लड्दैछन रे ।।

देशमा शान्ती ल्याउने निहुँमा, रक्तकुन्ड बगेको थ्यो
सबै कुरा बिर्सी अहिले, आन्दोलनमा फस्दैछन रे ।।

देशको सीमा धमाधम,चारैतिर मिचिन्दै छ रे
दिउसै छिमेकी देशका सेना,हाम्रो ईलाकामा पस्दैछन् रे ।।

आफ्नो स्वार्थ सिद्ध गर्न,सोझा जनता उक्साएर
राजनेताहरु निर्धक्क, छाती फुलाई बस्दैछन् रे ।।

गाउँघर चारै तिर दिउसै डाँका पस्दैछन् रे
सोझा-सिधा गाउँलेहरु, भुमरीमा फस्दैछन रे ।।

जता-ततै अशान्तीको, कालो बादल मडा-या देखी-देखी
रक्त पिपासु नेता चुप-चाप, कुर्सी माथि बस्दैछन् रे ।।

बिनोद कुमार रिजाल
रूपनगर-७,सप्तरी
सगरमाथा,नेपाल
हाल:दोहा,कतार



2 प्रतिकृयाहरु:

Dilip Acharya said...

यसलाई नेपालको विडम्बना भन्ने कि नेपाली हुनु को नियती, हालत यस्तै छ ।

Basanta said...

राम्रो भावना राख्नुभयो। देश विनाशको डिलमा पुगेको छ।

गजलको बनावटका दृष्टिले भने अझै काँटछाँट गर्न सकिन्छ जस्तो लाग्छ, हुनत म पनि विज्ञ होईन।

Post a Comment