Friday, October 16, 2009

कविता

सम्झना आउछ भाइटिकाको, म घरमा छैन नानु
दाई घरमा छैन भनेर तिमीले पीर कहिले नमान्नु ।

बाध्यता नै यस्तै भयो,परदेशमा आउनु पर्ने
आफ्ना चाड अनि रीतिहरु भुलेर बस्नु पर्ने ।

सयपत्रिको माला, मेरो लागि पनि तयार होला
भाग्यले साथ दिए एकदिन अवश्य तरी आउंछु हजारौं खोला।

यसपालीको तिहारमा भाइटिका लाउन सकिन बैनी
रमाइलो त्यो पल अनी हाँसो खुशीको मिलन पनि ।

चाहेर पनि यो मनले,आउन सकिन बैनी
अन्धकार रातमा घरको उज्यालो बनी छाउन सकिन बैनी ।

तिहारको रमझम अनि देउसी,भैलीको झझल्को आउदछ
हरेक रात बिहान घरको यादले सताउदछ ।

सफल रहोस तिम्रो अध्ययन सफल रहुन् चाहना
यहि छ दिपावलीको यस परदेशी दाजुको तर्फबाट अनगिन्ती शुभकामना ।।

बिनोद कुमार रिजाल "ब्रजेश "
रूपनगर-७ , सप्तरी
सगरमाथा
हाल: दोहा, कतार

1 comment:

  1. सुधार गर्न सकिने ठाउँहरु रहँदा रहँदै पनि ,विदेशिनु पर्ने पिडा र तिहारको सम्झनाले कवितलाई निकै भावपूर्ण बनाएको छ ।

    मिठो कविताको लागि धन्यवाद र तिहारको शुभकामना !!!

    ReplyDelete

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out